क्रिकेटखेल

एनपिएलका आठ टीमका आठ मार्की खेलाडी चयन, हरेक खेलाडीले कम्तिमा २० लाख पाउने

आगामी नोभेम्बरदेखि आयोजना हुने नेपाल पिमियर लिग (एनपिएल)का आठ टोलीले मार्की प्लेयर पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार खेलाडीहरुको टुंगो लगाएको हो ।

एनपिएलमा आठ टोली सहभागी हुनेछन् । केही समय अघि टोलीको बोलकबोलबाट विक्री गरिएको थियो । सोही अनुसार शुक्रबार आठ मार्की प्लेयर घोषणा गरिएको थियो ।

घोषित खेलाडीहरुमा काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् ।

नेपाली राष्ट्रिय टोलीका कप्तान समेत रहेका रोहित लुम्बिनी प्रदेशका हुन् भने अलराउण्डर दीपेन्द्र सिं ऐरी सुदूरपश्चिमका खेलाडी हुन् । दुई खेलाडीले आफ्नै क्षेत्रको प्रतिनिधित्व गर्न पाएका छन् ।

एनपिएलका मार्की खेलाडीले कम्तीमा २० लाख रुपैयाँ पाउने छन् । अरु खेलाडी छनोटका लागि भने दशैंअघि नै बोलकबोल हुनेछ । एनपीएलका हरेक टिमले ४ जना विदेशीसहित १६ जना खेलाडी राख्न पाउनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.