जन सरोकार

जय नेपाल हलको कम्पाउण्डमा भेटियो टुकुचा

काठमाडौं उपत्यकाको मध्य शहरबाट बग्ने टुकुचा खोला ठाउँठाउँमा हराएको सम्बन्धमा खोजी हुन थालेको छ । काठमाडौं महानगरपालिकाले पुरानो नक्सा अनुसार खोला खोज्दा जय नेपाल हलको कम्पाण्डमा खोला भेटिएको छ ।

महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाएर हल परिसरमा १५ फिट खन्दा टुकुचा खोला भेटिएको हो ।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला यसक्षेत्रमा गायब थियो । यसअघि देखि नै स्थानीयहरुले खोला अतिक्रमण गरेर संरचनाहरु निर्माण भएको भन्दै उत्खननको माग गर्दै आइरहेको थिए ।

महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन निर्देशन दिएको थियो । ३५ दिने सूचनाको म्याद सकिएपछि महानगरले गायब भएको र अतिक्रमण भएको क्षेत्रमा उत्खनन तथा खोजी कार्य सुरु गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.