साहित्य

रमेश विकलको सम्झनामा अन्तर विद्यालय स्थलगत बालचित्रकला प्रतियोगिता

साहित्यकार तथा चित्रकार रमेश विकलको सम्झनामा अरुणिमा शैक्षिक प्रतिष्ठान र रमेश विकल साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा स्थलगत बाल चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।

अरुणिमा शैक्षिक प्रतिष्ठान व्यवस्थापन समिति अध्यक्ष गोपाल बरालको सभापतित्व तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितामा ३० विद्यालयका ५८ प्रतिस्पर्धी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

भदौ २९ गते शनिबार सम्पन्न कार्यक्रमका पुरस्कृत प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार प्रमुख अतिथि कुलपति हार्तम्छाली, विशिष्ट अतिथि रमेश विकल साहित्य प्रतष्ठानका वरिष्ठ उपाध्यक्ष के.के. कर्माचार्य तथा अरुणिमा शैक्षिक प्रतिष्ठाका कार्यकारी प्राचार्य ईश्वरीप्रसाद लामिछानेले शिल्ड तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथि, विशिष्ट अतिथि, कार्यकारी प्राचार्य लामिछाने रमेश विकल साहित्य प्रतिठानका महासचिव विजय चालिसे तथा सभापतिको आशनबाट गोपाल बराले मन्तव्य राख्नु भएको थियो ।

सो प्रतियोगिताको निर्णायक समितिमा पूर्व प्राज्ञ रविन कोइराला र अन्य सदस्यहरु कलाकार कृष्ण शाह र कृष्ण श्रेष्ठ रहनु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.