प्रबास

आठ महिनामा मानव तस्करमार्फत अमेरिका छिर्ने २२६० नेपाली पक्राउ

मानव तस्करलाई मोटो रकम बुझाएर बिनाभिसा अवैध किसिमले अमेरिका छिर्ने क्रममा सन् २०२३ को डिसेम्बरदेखि २०२४ को अगस्टसम्म २६६० नेपालीलाई अमेरिकी सिमा सुरक्षा गस्तीले पक्राउ गरेको छ ।

उनीहरुलाई विनाभिसा मेक्सिको हुँदै अमेरिका प्रवेश गर्ने क्रममा पक्राउ गरिएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

होमल्याण्ड सेक्युरिटीका अनुसार २०२४ को जनवरीमा २०० जना, फेब्रुअरीमा २३० जना, मार्चमा १६०, अप्रिलमा ३१० र मे महिनामा १८० जना नेपालीहरु मेक्सिकोको सिमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश गरेका छन्

यसै गरी सन् २०२३ को अक्टोबरमा ६१० जना, नोभेम्बरमा ५५० जना र डिसेम्बरमा ४२० जना गरी अमेरिकाको चालु आर्थिक वर्षको ८ महिनामा २६६० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका छन् । यो संख्या बाइडेनले सिमाक्षेत्रमा एसाइलममा प्रतिबन्धहरु लगाउनुभन्दा ठीक अगाडिको हो ।

स्मरणीय के छ भने २०१४ देखि २०२२ सम्म ९ वर्षको अवधिमा जम्मा ५१८० जना नेपालीहरु मेक्सिकोको सिमाक्षेत्रबाट विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।

तर त्यसको तुलनामा २०२२ को अक्टोबरदेखिको २० महिनामा धेरै नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेको तथ्यांक डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले सार्वजनिक गरेको छ । जुन संख्या ५८ सय रहेको छ । यो संख्या केबल अमेरिका प्रवेशका क्रममा सिमा सुरक्षा गस्तीसँग जम्काभेट हुनेहरुकोमात्र हो ।

अघिल्लो आर्थिक बर्ष २०२३ मा अहिलेसम्मकै इतिहासमा सबैभन्दा धेरै ३१४० जना नेपालीहरु विनाभिसा मेक्सिकोको सिमाक्षेत्रबाट अमेरिका प्रवेश गरेका थिए ।

आर्थिक बर्ष २०२२ मा यसरी अमेरिका प्रवेश गर्ने नेपालीहरुको संख्या १४९० थियो भने २०२१ मा ४२० जना नेपालीहरुमात्र विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।

अमेरिकाबाट प्रकाशन हुने खसोखास अनलाइनका अनुसार, बाइडेन प्रशासनमा ७ हजार २ सय १० नेपालीहरु विनाभिसा प्रवेश गरेका छन् । जबकी ट्रम्प प्रशासनको ४ बर्षमा १८५० जना नेपालीहरु विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।

अर्थात् आर्थिक वर्ष २०१७ मा ६५०, २०१८ मा ७२०, २०१९ मा ३४० र २०२० मा १४० जना नेपालीहरु मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गरेका थिए ।

त्यस अगाडि २०१४ मा ४६०, २०१५ मा ४१०, २०१६ मा ५५० जना नेपालीहरु मेक्सिकोबाट विनाभिसा अमेरिका प्रवेश गरेका थिए । उनीहरु दलाललाई हजारौं डलर तिरेर विनाभिसा अमेरिका प्रवेश गर्ने क्रममा सिमा सुरक्षा गस्तीको जम्काभेटमा परेका हुन् ।

तीमध्ये कतिपय तत्काल अमेरिकामा रिहा भएका थिए भने कतिपयलाई अध्यागमन हिराशतमा राखिएको थियो । त्यसमध्ये केही अमेरिकाबाट देशनिकालामा समेत परेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.