अर्थ

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ घटाएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर रु पाँच र पेट्रोलमा प्रतिलिटर रु चारले भाउ घटाएको हो ।

भारतीय आयल निगमबाट आइतबार प्राप्त नयाँ खरिद मूल्य अनुसार भाउ घटेर आएकाले आज राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाइएको नेपाल आयल निगमद्वारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नयाँ खरिद मूल्य प्राप्त भएपछि निगमको आइतबारै बसेको सञ्चालक परिषद् बैठकले भाउ घटाउने निर्णय गरेको हो । निगमको डिपो कार्यालयबाट १५ किलोमिटरसम्मका लागि पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य कायम गरिएको पनि निगमले जनाएको छ ।

निगमले विभिन्न जिल्लालाई तीन वर्गमा विभाजन गरी त्यसै अनुसार मूल्य निर्धारण गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.