राजनीति

देश मेरो हो भन्ने भावना जागृत गराउन जरुरी छ : मन्त्री भण्डारी

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार र देश मेरो हो भन्ने भावना जागृत गराउने गरी काम गर्नुपर्ने बताउनुभएको छ ।

मन्त्री भण्डारी

आइतबार राष्ट्रिय व्यावसायिक पहल (एनबिआइ) को १८औँ वार्षिक साधारणसभामा उहाँले हरेक नागरिकमा सरकार कुनै दलको नभइ मेरो हो भन्ने भाव जागृत गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “एकअर्काप्रति अविश्वास गरेर मात्रै हुँदैन, राज्य, देश र सरकार मेरो हो भन्ने भावना जागृत गरे सबैको हित हुन्छ । सरकारप्रति विश्वास गरौँ ।”

मन्त्री भण्डारीले निजीक्षेत्र बलियो नभएसम्म देशको अर्थतन्त्र बलियो नहुने भन्दै सरकारले सोही नीतिअनुसार काम गरिरहेको बताउनुभयो । “सरकारले निजी क्षेत्रमैत्री नीति लिएको छ । सरकारले निजी क्षेत्रका लागि गर्नुपर्ने थप कार्यका लागि बहस गर्न सकिन्छ”, उहाँले भन्नुभयो ।

नेपालका व्यवसायीले तिरेको करकै कारण देशको अर्थतन्त्र बलियो हुँदै गएको धारणा राख्दै मन्त्री भण्डारीले एकपटक फेरि सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्र सुधार्नका लागि काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.