राजनीति

संसद्को चालु अधिवेशन अन्त्यका लागि सिफारिस

सरकारले संघीय संसद्को चालु अधिवेशन सोमबारदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठक

सिंहदरबारमा आइतबार बसेकोमन्त्रिपरिषद् बैठकले भदौ ३१ गते राति १२ बजेदेखि दुवै संसद्‌का चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले संघीय संसद्को चालु अधिवेशन सोमबारदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिनुभयो । यो बजेट अधिवेशन गत वैशाख २८ गते सुरु भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.