क्रिकेटखेल

आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र क्यानडा भिड्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत सोमबार नेपाल र क्यानडा भिड्दै छन् । क्यानडाको घरेलु मैदानमा हुने  खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेबाट सुरु हुनेछ ।

सिरिजमा नेपाल क्यानडा र ओमानको सहभागिता रहेको छ । लिग–२ को दोस्रो त्रिकोणात्मक सिरीज खेल्न लागेको नेपाल आज घरेलु टोलीलाई पराजित गर्दै प्रतियोगितामा जितसहित सुखद सुरुआत गर्ने योजनाका साथ मैदान उत्रदै छ भने यता क्यानडा पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।

विश्वकप लिग- २ मा आज पहिलो खेल खेल्न लागेको नेपालले दोस्रो खेल सेप्टेम्बर १८ मा ओमानसँग, तेस्रो खेलमा सेप्टेम्बर २२ मा पुन:क्यानडासँग खेल्दा सिरिजको अन्तिम खेल सेप्टेम्बर २४ मा फेरि ओमानसँग खेल्नेछ । विश्वकप लिग- २ को सिरिज पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ ।

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले क्यानडासँग २८ सेप्टेम्बर र १ अक्टोबरमा खेल्नेछ भने २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्ने तालिका रहेको छ । ८ टोली सहभागी विश्वकप लिग- २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.