क्रिकेटखेल

नेपाल क्यानडाविरुद्धको खेलमा टस जितेर पहिले बलिङ गर्दै

आईसीसी विश्वकप लिग-२ को दोस्रो चरणको क्यानडाविरुद्धको पहिलो खेलमा नेपाल टस जितेर पहिले बलिङ गर्ने निर्णय लिएको छ । क्यानडाविरुद्धको खेलको नेपालको सुरुवाती ११ मामा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, रोहित पौडेल (कप्तान) दिपेन्द्र सिंह ऐरी, भिम सार्की, सोमपाल कामी, करण केसी, गुल्सन झा, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन्।

विश्वकप लिग-२

सिरिजमा नेपाल क्यानडा र ओमानको सहभागिता रहेको छ । लिग–२ को दोस्रो त्रिकोणात्मक सिरीज खेल्न लागेको नेपाल आज घरेलु टोलीलाई पराजित गर्दै प्रतियोगितामा जितसहित सुखद सुरुआत गर्ने योजनाका साथ मैदान उत्रदै छ भने यता क्यानडा पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।

विश्वकप लिग- २ मा आज पहिलो खेल खेल्न लागेको नेपालले दोस्रो खेल सेप्टेम्बर १८ मा ओमानसँग, तेस्रो खेलमा सेप्टेम्बर २२ मा पुन:क्यानडासँग खेल्दा सिरिजको अन्तिम खेल सेप्टेम्बर २४ मा फेरि ओमानसँग खेल्नेछ । विश्वकप लिग- २ को सिरिज पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि खेल्ने कार्यतालिका रहेको छ ।

त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले क्यानडासँग २८ सेप्टेम्बर र १ अक्टोबरमा खेल्नेछ भने २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्ने तालिका रहेको छ । ८ टोली सहभागी विश्वकप लिग- २ का शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउने छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.