जापानी प्रधानमन्त्री सुगालाई प्रधानमन्त्री ओलीको बधाई, मोदीलाई जन्मदिनको शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले जापानको नयाँ प्रधानमन्त्रीमा चयन हुनुभएकोमा याशिहिदे सुगालाई बधाई तथा शुभकामनाा व्यक्त गर्नुभएको छ । बिहिबार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले सुगालाई बधाई दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले सुगाको कार्यकालमा दुई देशबीच रहिआएको खुला, उदार र गाढा सम्बन्ध अरु फराकिलो हुने र दुई देशको सहकार्य कायम रहने विश्वास व्यक्त गर्नुभएको छ ।
यसै गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले उहाँलाई शुभकामना दिंदै दुई देशबीचको सम्बन्ध मजबुत बनाउन मिलेर काम गर्ने बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीको बििहबार ७० औं जन्मदिन हो । ट्वीटमा मोदीलाई मेन्सन गर्दै प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ‘तपाईंको जन्मदिनको शुभअवसरमा हार्दिक बधाई । म तपाईंको सुख र सुस्वास्थ्यको कामना गर्दछु । हामी हाम्रा दुई देशबीचको सम्बन्ध थप मजबुत बनाउनका लागि मिलेर काम जारी राख्नेछौं ।’
प्रतिक्रिया राख्नुहोस्