जन सरोकारस्वास्थ्य

चीनबाट एकैपटक आइपुग्यो ४४ लाख मात्रा खोप

कोरोनाबिरुद्धको खोप ल्याउन सुरु गरिएयता आज एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै मात्रा काठमाडौं आइपुगेको छ । चीन सरकारसंग खरीद गरिएको ४४ लाख मात्रा खोप नेपाल वायुसेवा निगमको जहाजबाट आज दिउँसो काठमाडौं आएको हो ।

सरकारले चीनसँग ६० लाख मात्रा खोप भेरोसेल खो खरीद गरेको थियो । सोमध्ये १६ लाख डोज यसअघि नै आइसकेको थियो । त्यस्तै चीनले अनुदानमा दिएको १६ लाख मात्रा खोप पनि आइसकेको छ ।

स्वास्थ्य सेवा विभागको खोप महाशाखाका निर्देशक डा सागर दाहालले चीनबाट आइपुगेको खोप केही दिनभित्रै नागरिकलाई दिइने बताउनुभयो । उहाँका अनुसार अहिलेसम्मको खोप कभरेज दर हेरेर खोप वितरण गर्न लागिएको छ ।

जसअनुसार हिमाली १० जिल्लाका १८ वर्षभन्दा माथिका नागरिकलाई खोप दिने योजना बनाइएको छ । ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, संखुवासभा, मुगु, रसुवा, जुम्ला, हुल्ला, डोल्पा, बाजुरा, र दार्चुला जिल्लामा खोप अभियान सञ्चालन हुने छ ।

त्यस्तै, काभ्रे, चितवनमा ३५ वर्षभन्दा माथि, अन्य ५५ जिल्लामा ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने छ भने काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाममा ४० वर्षभन्दा माथिका नागरिकलाई खोप दिइने दाहालले जानकारी दिनुभयो ।

त्यसै गरी १८ वर्षभन्दा माथिका खोप लगाउन छुटभएका विद्यार्थी, फन्टलाइनमा खटिएका, अतिआवश्यक सेवा, शिक्षक, पर्यटक क्षेत्रका मानिसलाई समेत खोप दिने योजना रहेको दाहाल बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.