जन सरोकार

मृत अवस्थामा दुई जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । नुवाकोट, सुर्यगढी गाउँपालिका-३ चोगते बस्ने ७३ वर्षीया होम कुमारी अधिकारी दुप्चेश्वर गाउँपालिका-६ गौडापुरस्थित तादी खोलामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

दुप्चेश्वर गाउँपालिका-७ ठुलोखेतस्थित तादी खोलाले बगाएर बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो । त्यस्तै रोल्पा, रोल्पा नगरपालिका-७ भलामास्थित माडी खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६२ वर्षीय पुरूष सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.