जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

सिराहा, नवलपरासी पश्चिम र सल्यानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सिराहा, धनगढीमाइ नगरपालिका-९ मुसहरनियास्थित सडकमा स.५ प ११९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-१० बस्ने २२ वर्षीय सुमित सिंहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य एक जनाको आरके मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-४ घोडपाली चोकमा ना.८ ख ७५४९ नम्बरको ट्रक र लु.प्र.०१-००२ प २०५४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकल चालक प्रहरी चौकी सुक्रौलीआमा रूपन्देहीमा कार्यरत प्रहरी सहायक हवल्दार प्रेम ढाँडीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै सल्यान, त्रिवेणी गाउँपालिका-४ फलावाङस्थित सडकमा फलावाङबाट लुहामतर्फ जाँदै गरेको रा.१ च १०४५ नम्बरको पिकअप जिप अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा जिपमा सवार दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका त्रिवेणी गाउँपालिका-४ फलावाङ बस्ने ५५ वर्षीय टोप बहादुर साहुको जिल्ला अस्पताल सल्यानमा र ५२ वर्षीया लाली रावतको राप्‍ती प्रादेशिक अस्पताल तुल्सिपुर दाङमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका जिप चालकको त्रिवेणी पोलिक्लिनिक लुहाममा र जिपमा सवार अन्य दुई जनाको तुलसीपुर दाङमा उपचार भइरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.