राजनीति

निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्छः अध्यक्ष ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निजामती कर्मचारीले निश्पक्ष भएर सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनको आज आयोजित आठौँ केन्द्रीय बैठक तथा राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले कुनै पार्टीको सदस्य भएर नभई राष्ट्रसेवक कर्मचारीको हैसियतले निश्पक्ष रुपमा सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “कुनै पार्टीका सदस्य भनेर सेवा प्रभाव गर्ने होइन । सेवाग्राहीलाई सेवा प्राप्त गर्ने अधिकार हुन्छ र कर्मचारीले निश्पक्ष रुपमा सेवा उपलब्ध गराउनुपर्छ, यो नै कर्मचारीको कर्तत्व हो । यसभन्दा तलमाथि गर्नुहुदैन ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले कर्मचारी नियम कानुनबाट निर्देशित हुनुपर्ने बताउनुभयो । “कर्मचारीको काम देश र जनताका सेवा गर्ने हो । कानुनको परिधिमा रहेर सक्रियताका साथ गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “कुन पार्टीको सरकार छ भन्ने होइन । सरकारलाई सहयोग गर्नुपर्दछ ।”

उहाँले मुलुकमा भ्रष्टाचार व्याप्त रहेकाले कर्मचारीले आफू पनि नगर्ने र अरूलाई पनि गर्न नदिने उल्लेख गर्दै कसैले घूस खुवाउन खोजे खान्न भन्ने हिम्मत कर्मचारीले गर्नुपर्ने बताउनुभयो । उहाँले म भ्रष्टाचारी होइन भनेर कर्मचारीले भन्नुसक्नुपर्ने धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले वर्तमान सरकारले कर्मचारीलाई जथाभावी सरुवा गरेकाले त्यसो नगर्न आग्रह गर्दै लोकतन्त्रको लडाइँमा कर्मचारी अग्रभागमा रहेकाले लोकतन्त्रलाई जोगाउने दायित्व पनि कर्मचारीको रहेको बताउनुभयो । उहाँले राजनीतिक क्षेत्रमा काला बादल मडारिएको बेला कर्मचारीले मुलुकलाई सही दिशामा लैजानुपर्ने धारणा राख्नुभयो ।

एमालेका महासचिव ईश्वर पोखरेलले पहिले लोकतन्त्रको लडाइँ लडेको र अब लोकतन्त्र सुदृढीकरणका लागि लाग्नुपर्ने बेला आएको बताउँदै एमाले एकताको पक्षपोषण गर्ने चरित्र भएको पार्टी भएकाले विभाजन भएर जानेले चाँडै नै समाप्त हुने बताउनुभयो । उहाँले निजामती कर्मचारीले जनताको सेवामा तत्पर हुनुपर्नेमा जोड दिनुभयो ।

एमालेका नेता रामबहादुर थापाले निजामती कर्मचारी स्थायी सरकार भएकाले कर्मचारीको परिभाषा बदल्नुपर्ने बताउनुभयो । उहाँले कर्मचारीको अहिलेको कार्यभार राष्ट्रिय स्वाधीनको रक्षा र मुलुकलाई समृद्धि र विकासतर्फको डो¥याउनु भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीमा पुरानो कार्यशैली छ । त्यसलाई आधुनिकीकरण गर्दै कार्यशैलीमा परिवर्तन गर्नुपर्दछ । प्रशासनलाई स्मार्ट प्रशासनमा बदल्नु जरुरी छ ।”

नेता थापाले भ्रष्टाचार उन्मूलन नभईकन मुलुक समृद्धि हुन नसक्ने भन्दै कर्मचारीको नेतृत्वमा भ्रष्टाचारविरुद्ध नयाँ अभियान सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।

भेलामा निजामती कर्मचारी सङ्गठन र नेपाल राष्ट्रिय निजामती कर्मचारी सङ्गठनबीच एकीकरणसमेत भएको छ । सङ्गठनका अध्यक्ष केदार देवकोटाले २७५ सदस्यीय राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरिएको जानकारी दिनुभयो ।

सङ्गठनले निजमती कर्मचारीको आधिकारिक ट्रेड युनियनमा निर्वाचित पदाधिकारीलाई फिर्ता बनाउने निर्णयसमेत गरेको छ । ती पदाधिकारिलाई फिर्ता बोलाई केदारप्रसाद देवकोटाको अध्यक्षतामा नयाँ पदाधिकारी पठाउने निर्णय गरेको सङ्गठनका महासचिव रेवन्त गौतमले जानकार िदिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.