राजनीति

जिल्ला अदालतद्वारा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी

जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

बुधबार अदालतले प्रहरीलाई प्रसाईंविरुद्ध पक्राउ गर्न अनुमति दिएको हो । यसअघि प्रहरीको साइबर ब्यूरोले प्रसाईंलाई पक्राउ गर्न अनुमति माग गरेको थियो ।

अदालतले प्रसाईंसहित बागलुङको बडीगाड गाउँपालिकाका जीवन पाण्डे र धादिङको सुनौला बजारका प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान गर्न पक्राउ पुर्जी लिइएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.