नेपाली साहित्य विकास परिषदबाट स्वास्थ्य उपचाका लागि सहयोग प्रदान
नेपाली साहित्य विकास परिषद् युकेले नेपालको लमजुङ निवासी साहित्यकार सामजसेवी महिलाको छोराको ल्युकोमिया रोगको उपचारका लागि एकलाख चौध हजार एकसय रुपैयाँ प्रदान गरेको छ ।
![Nepali Sahitya Parisad UK](https://www.nepaljapan.com/wp-content/uploads/2022/12/Nepali-Sahitya-Parisad-UK-e1671693060711.jpeg)
काठमाडौँमा उपचार गराइरहेका १२ कक्षामा अध्ययनरत विरामी युवाको उपचार सयोगका लागि परिषदमा नेपालबाट याचिका निवेदन प्राप्त भए पछि परिषद्का पदाधिकारीहरू आफैले सकेको सहयोग रकम दिएर उपचार सहयोग नेपाल पठाएका हुन् ।
यसरी सहयोग गर्ने पदाधिकारीहरूमा कोमल मल्ल, सुरेशजङ्ग शाह, मनोज अन्जान, खगेन्द्र नेपाली, पिपला पाण्डे देवान, मदन थापा, हरिसिंह थापा, वीरेन्द्र कुँवर, रेशम अर्याल, गोकुल भण्डारी, कमल भण्डारी ,ध्रुव केसी र हिन्दमैया बैद्य रहेका छन् ।
ल्युकिमिया जस्तो सारै महङ्गो उपचारका लागि समाजका अन्य संघसंस्था र समाजसेवीहरूबाट सहयोग गरिदिनु हुन नेपाली साहित्य विकास परिषद् युके ले हार्दिक अपिल पनि गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्