२५ खर्ब डलर खर्च गरेर अफगानिस्तानबाट अमेरिका पराजित भयो
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले अफगानिस्तानबाट अमेरिका पराजय भएर पलायन भएको निष्कर्ष निकाल्नुभएको छ । पार्टीको स्थायी कमिटी बैठकमा पेश गर्नुभएको राजनीतिक प्रतिवेदनको अन्तर्राष्ट्रिय परिस्थिति, भूराजनीति र एमालेको विदेश नीति विषयमा ओलीले सो टिप्पणी गर्नुभएको हो ।
प्रतिवेदनमा अफगानिस्तान घटनाको बाछिटा दक्षिण एसियामा पर्न सक्ने र अफगानिस्तानलाई लिएर भूराजनीतिक तनाव सिर्जना हुनसक्ने सम्भावनालाई ध्यानमा राख्दै नेपालले प्रष्ट रुपमा अहस्तक्षेप, लोकतन्त्र, खुलापन र क्षेत्रीय शान्तिको पक्षमा उभिननुपर्नेमा जोड दिएको छ ।
प्रतिवेदनमा भनिएको छ अमेरिका र नेटो सैन्य गठबन्धन सैनिकको बहिर्गमनपछि अफगानिस्तानमा तालिबानी विद्रोहीहरुले नियन्त्रण कायम गरेको भन्दै एमालेले भनेको छ, ‘२५ खर्ब डलरभन्दा बढी खर्च गरेर पनि ठूलो क्षति व्यहोरेर अफगानी भूमिबाट अमेरिका पलायन हुनु भियतनाम युद्धको ५० वर्षपछि अमेरिकाले व्यहोरेको ठूलो असफलता र पराजय हो ।’
त्यसै गरी कुनै पनि मुलुकको समस्या समाधानको जिम्मा सम्वन्धित मुलुककै जनताको हो, वाह्य शक्तिको होइन भन्ने निष्कर्ष निकालिएको प्रतिवेदनमा आतंकवादले विश्वव्यापी चुनौती खडा गरेको, तर यसको विकल्प वाह्य हस्तक्षेप, आक्रमण वा कुनै देशको कब्जा हुन नसक्ने पनि बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्