जन सरोकार

बिरामीको उपचार गरिरहेका अहेबमाथि आक्रमण

हेटौंडाको एक अस्पतालका चिकित्सकमाथि कुटपिट भएको घटना सेलाउन नपाउँदै कञ्चनपुुरको एक स्वास्थ्य केन्द्रमा बिरामीको उपचार गरिरहेका अहेबमाथि आक्रमण भएको छ ।

समाचार अनुसार कञ्चनपुरको बेलौरी नगरपालिका ४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत ४३ वर्षीय अहेब नरेन्द्र गैरेमाथि बिरामीको उपचार गरिरहेका बेला दुर्व्यवहार भएको छ।

मंगलबार राति करिब साढे ११ बजे उनीमाथि बेलौरी २ का रामबहादुर खड्काले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ ।

भिडिओमा बिरामी बेडमा पल्टिरहेको देखिन्छ। यता रामबहादुरसहित केही युवाहरू आएर अहेब नरेन्द्र गैरेलाई धम्क्याएको देखिन्छ। केही समयपछि एक्कासी रामबहादुरले नरेन्द्रको घाँटी न्याँकेको भिडिओमा देखिन्छ। अहेब नरेन्द्र गैरे उक्त स्वास्थ्य केन्द्रमा ६ वर्षदेखि कार्यरत छन्।

उनका अनुसार घटना साढे ११ बजेदेखि १२ बजेबीच भएको थियो। उनका नाता पर्ने एकजना लडेर टाउकोमा चोट लागेको थियो । उपचारको लागि उनलाई केन्द्रमा पुर्‍याइएको थियो । एम्बुलेन्स देखेर रामबहादुरलगायत केही युवाहरू पनि स्वास्थ्य केन्द्रमा प्रवेश गरेका थिए ।

अहेब गैरेले आफूमाथि हातपात, दुर्व्यवहार भएको भन्दै जाहेरी दिने बताउनुभएको छ । उता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी कमल थापाले आरोपित व्यक्ति बुधबार दिउँसो इलाका प्रहरी कार्यालय बेलौरीमा पुगेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.