अर्थजन सरोकार

पाँचौँ संस्करणको ‘बनेपा महोत्सव–२०८१’ सुरु

बनेपा ब्वाईज क्लबको आयोजनामा शुक्रबारदेखि पाँचौं संस्करणको बनेपा महोत्सव–२०८१ सुरु भएको छ ।

बनेपा महोत्सव

विजयादशमी तथा शुभ–दीपावलीको पावन अवसरमा बनेपाको उग्रतिर्थ मन्दिर परिसरमा आयोजना भएको व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेलमेलाको बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आज उद्घाटन गर्नुभयो ।

त्यसअवसरमा मन्त्री काफ्लेले व्यवसायको ग्यारेन्टी राज्यले लिनुपर्ने बताउनुहुँदै यसको लागि व्यवसायीले राज्यलाई दिनुपर्ने दायित्व समयमै तिरेर राज्यलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

समृद्धि अरूले नभएर हामीले नै ल्याउने भएकाले सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने भन्नुहुँदै उहाँले सरकार यसमा आवश्यक सहजीकरणका लागि तयार रहेको बताउनुभयो ।

क्वलमा अध्यक्ष महेश कर्माचार्यले काभ्रेपलाञ्चोकको बनेपाको गरिमालाई उच्च बनाउने, आन्तरिक पर्यटन प्रवर्द्धनका लागि विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला, खेलकूदको विकास तथा प्रचारप्रसार गर्ने उद्देश्यले मेलाको आयोजना गरेको बताउनुभयो ।

१६ दिनसम्म सञ्चालन हुनेछ मेलामा कृषि, घरेलु सामाग्रीलगायत एक सय भन्दाबढी व्यापारिक स्टलहरू राखिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.