जन सरोकार

मृत अवस्थामा चार जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा चार जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-२३ स्थित हर्पन खोलामा सोही महानगरपालिका माझथुम बस्ने ८३ वर्षीया पदमकला पाण्डे उपाध्याय शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै मोरङ, पथरीशनिश्चरे नगरपालिका-७ मायालु चोक बस्ने ६० वर्षीय चन्द्रमान तामाङ आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सोलुखुम्बु, सोताङ गाउँपालिका-५ मिलन चोक बस्ने ८४ वर्षीया चन्द्रमाया राई आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।

उता झापा, शिवसताक्षी नगरपालिका-१० टेक्रास्थित कन्काई खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४१ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.