कर्पोरेट/पर्यटन

तिलिचो पुग्न नयाँ पदमार्ग खुलेसंगै स्थानीयहरु हर्षित (भिडियोसहित)

संसारको सबैभन्दा अग्लो स्थानमा रहेको मनाङको तिलिचो ताल समुन्द्री सतहदेखि चार हजार नौ सय १९ मिटर उचाइमा रहेको छ ।

विश्वकै सबभन्दा अग्लो स्थानमा रहेको ताल पुग्न जो कोही उत्सुक हुनु स्वाभाविक हो । तर, ताल पुग्न त्यति सजिलो भने छैन । कठिन यात्रा रहे पनि आन्तरिक तथा बाह्य पर्यटक पुग्ने तिलिचोका लागि नयाँ पदमार्ग बनेको छ ।

हालसम्म यसअघि मनाङको चामेदेखि खाङसार हुँदै तिलिचो ताल जोड्ने पदमार्ग प्रयोगमा रहेकामा अब जोमसोमदेखि घरपझोङ गाउँपालिका–५ ठिनी भएर तिलिचो ताल पुग्ने पदमार्ग निर्माण भएको छ ।

प्राकृतिक सौन्दर्ययुक्त तिलिचो ताल, नीलगिरि हिमाल, नमखु लेक, हिमचितुवाको बासस्थान, धुम्बा ताल, ह्यारझु भ्यु प्वाइन्ट, ठिनीगाउँ, ऐतिहासिक घरफझोङ किल्ला, कैश्याङ क्याम्प, थकाली कला र संस्कृति, भेडा च्याङग्रा तथा चौरीको गोठ यस पदमार्गका आकर्षण हुन् ।

नयाँ पदमार्ग खुले पनि पर्यटकका लागि खानेबस्ने सुविधा भने तत्कालका लागि उपलब्ध छैन । तत्कालका लागि आफै खानेबस्ने सामग्रीको जोहो गर्नुपर्छ । नयाँ पदमार्ग खुलेर यहाँबाट पर्यटक आउजाउ गर्न थालेपछि विस्तारै सो क्षेत्रमा आर्थिका गतिविधि बढ्ने विश्वास स्थानीयको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.