राजनीति

साहित्यले समाजलाई परिर्वतन गर्न महत्वपूर्ण योगदान दिएको छ : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले प्रतिकूलतालाई चिर्न र समाजलाई सकारात्मक दिशातर्फ लैजानका लागि नेपाली साहित्यले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको छ ।

सभामुख घिमिरे

शमी साहित्य प्रतिष्ठानले शनिबार काठमाडौँमा आयोजना गरेको साहित्य, साधना सम्मान तथा पुस्तक लोकार्पण समारोहमा उहाँले समाजमा चेतना बढाउन र प्रतिकूल अवस्थालाई चिर्न साहित्यले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

सभामुख घिमिरेले भन्नुभयो, “युवा, मधेसी, पहाडीले गर्नु पर्ने काम के हो ? राज्यप्रति हाम्रो दायित्व के हो ? भन्ने विषयमा साहित्यले खासै उजागर गर्न सकेको छैन, अब यस्ता विषय उजागर गर्न जरुरी छ ।”

साहित्यकारले गर्नु भएका योगदानले देश परिर्वतनमा टेवा पुगेको भन्नुहुँदै उहाँले साहित्यले समाजको सेवा गर्नमा योगदान दिन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा साहित्यकार कृष्ण गौतम, राप्रउ पोखरेल, ज्ञान उदास, रामबाबु घिमिरे, प्रेमविनोद नन्दन तथा कृष्णप्रशाद दाहालसहित छ जना साहित्यकारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.