जापान

नेपाली समुदायका माझ जापानमा राष्ट्रिय दिवस (फोटोहरुसहित)

जापानको औपचारिक भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीको विशेष उपस्थितिमा नेपाली समुदायका माझ राष्ट्रिय दिवस मनाइएको छ ।

असोज ६ गते (सेप्टेम्बर २२) टोकियोस्थित नेपाली दूतावासको आयोजनामा मनाइएको राष्ट्रिय दिवस समारोहमा मन्त्री भण्डारीले नेपालको संविधानका विशेषताका बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीको सभापतित्व तथा मन्त्री भण्डारीको प्रमुख आतिथ्यमा राष्ट्रिय दिवस मनाइएको हो ।

रेयुकाई आध्यात्मिक मैत्री संघको भवनमा आयोजित कार्यक्रममा नेपाली कला, संस्कृति झल्काउने विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिएको थियो ।

समारोहमा जापानमा सक्रिय रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.