कला/मनोरन्जनकलिउड

प्रेमगीत ३ ले फिर्ता गर्यो चलचित्र विकास बोर्डको सम्मान

नेपाली चलचित्र इतिहासमै पहिलोपटक हिन्दी भाषामा डब गरी संसारभर एकसाथ प्रदर्शनमा आएको चलचित्र प्रेमगीत ३ माथिको षड्यन्त्र प्रदर्शन आरम्भ भएको दिन पनि कायम रहेको आरोप निर्माण र वितरण पक्षले लगाएको छ ।

विभिन्न हलहरुमा चलचित्रप्रति दर्शकको प्रतिक्रिया बुझ्ने क्रममा कतिपय स्थानमा पोस्टर च्यातिएको त कतिपय हलमा प्रायोजित रुपमा हलमा प्रवेश गराएर चलचित्रप्रति नकारात्मक प्रतिक्रिया दिन लगाएको आरोप समेत लगाइएको छ ।

त्यस्तै हिन्दी भाषामा डब गरिएको चलचित्रलाई सेन्सर बोर्डले प्रदर्शन स्वीकृत दिएको भए पनि चलचित्र विकास बोर्डले अनुमति नदिएपछि निर्माण पक्ष आक्रोशित भएको छ ।

केही दिन अघि चलचित्र विकास बोर्डले प्रेमगीत ३ को टोलीलाई बोलाएर सम्मान गरेको थियो । सो कार्यक्रममा बोर्डका अध्यक्ष भुवन केसीले सफलताको शुभकामना दिएका थिए ।

तर, केसीको शुभकामनासंगै चलचित्रमाथि अनेक विवाद खडा भैरहेको र त्यो क्रम प्रदर्शनको मितिसम्म आइपुग्दा पनि कायमै रहेको भन्दै बिकास बोर्डले गरेको सम्मान फिर्ता गरेको घोषणा गरिएको छ ।

चलचित्रका कार्यकारी निर्माता चक्रबहादुर चन्दले शुक्रबार सामाजिक सञ्जालबाट त्यो सम्मान कुठाराघात रहेको टिप्पणी गर्दै फिर्ता गरेको घोषणा गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ “चलचित्र बिकास बोर्डको अध्यक्षले अस्ति लगाइदिएको खादा कहाँ बुझाउने हो ? त्यो सम्मानमा कुठाराघात थियो त्यो औपचारिक रूपमा फिर्ता गरेका छौं ।”

चन्दले चलचित्र विकास बोर्डका अध्यक्षलाई चेतावनी दिंदै थप लेख्नुभएको छ “यस्ता झुटा र दुनियाँलाई दिग्भ्रमित गर्ने कार्य आइन्दा नगर्नुहोला । बिकास बोर्डलाई राजनीति गर्ने थलो नबनाउन अनुरोध छ । राजनीति यहाँलाई मात्र आउदैन हेक्का रहोस् ।”

प्रेमगीत ३ को हिन्दी डबलाई नेपाली भाषा सरह सुविधा दिनुपर्ने माग प्रदर्शकहरुले गर्दा यसले राष्ट्रघात हुने टिप्पणी समेत भएका थिए । यस्तै विकास बोर्डले बाहिर एकथरि कुरा गरेर भित्रभित्रै प्रेमगीत ३ लाई सिध्याउने खेल खेलेको भन्दै चलचित्र संघले विज्ञप्ति नै जारी गरेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.