राजनीति

पत्रकारहरुलाई पुरस्कृत गर्दै राष्ट्रपति पौडेल- ‘पत्रकारिताको भूमिका प्रशंसनीय’

राष्ट्रपति रामचन्द्र पौडेलले देशको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा पत्रकारिता जगत्ले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालको ५५औँ वार्षिकोत्सवका अवसरमा आइतबार राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले आमसञ्चारमाध्यम लोकतान्त्रिक शासन प्रणालीका मेरुदण्ड भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घरआँंगनसम्म पुर्याउन सत्तासीन शासन सञ्चालनमा बसेकाहरूलाई घच्घच्च्याएर लोकतन्त्रप्रति जनताको विश्वास  अभिवृद्धि गर्न तपाईंहरूले जिम्मेवार भएर काम गर्नुहुने मेरो विश्वास छ ।”

राष्ट्रपति पौडेलले स्वतन्त्र, निष्पक्ष र जिम्मेवार पत्रकारिताबिना लोकतन्त्र सुदृढ हुन नसक्ने भन्दै यही कारणले पत्रकारितालाई चौथो अङ्गका रुपमा सम्मान प्राप्त भएको बताउनुभयो ।

राष्ट्रपति पौडेल र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको समुपस्थितिमा सम्पन्न कार्यक्रममा काउन्सिलले स्थापना गरेको विविक पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

समारोहमा रु एक लाख ५१ हजार राशिको ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक अखण्ड भण्डारी र नेपाल पे्रस इन्स्टिच्युटलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

काउन्सिलले रु एक लाख १० हजार राशिको ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार बद्री सिग्देललाई प्रदान गरेको छ । त्यस्तै, रु ५० हजार राशिको ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ रातोपाटी डटकमलाई प्रदान गरिएको छ ।

त्यसै गरी, रु २० हजार राशिको ‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार’ सञ्चारकर्मी होम कार्की (काठमाडौँ), प्रकाश तिमिल्सिना (काठमाडौँ), श्याम श्रेष्ठ (केएमजी ग्रुप) (काठमाडौँ), शिवराज भट्ट (कैलाली) र लीलाराज भट्टराई (सुनसरी) लाई प्रदान गरिएको छ ।

‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ दुर्गा खनाल (कान्तिपुर), कृष्णा पौडेल (काठमाडौँ), दीपक रिजाल (काठमाडौँ), रोशन श्रेष्ठ (काठमाडौँ), खडकबहादुर श्रेष्ठ (प्रताप) (पर्सा), प्रकाशचन्द्र भट्टराई (तनहुँ), दिलीप पौडेल (बाग्लुङ), ध्रुव सुवेदी (भोजपुर), रमेश तिवारी (झापा), शन्तराम विडारी (काठमाडौँ), राजेन्द्र कार्की (जाजरकोट), लक्ष्मण तिवारी (कञ्चनपुर), भरतराज विष्ट (कालिकोट) र सविन प्रियासन थारू (दाङ)लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु जनही १२ हजार रहेको छ ।

रु दश हजार राशिको ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ आश गुरुङ (लमजुङ), सङ्गीता तिमिल्सिना (बाजुरा), पुष्प बराल (झापा), भानुभक्त आचार्य (कैलाली), अरुण बम (डोटी), रुद्रमणि भुसाल (अर्घाखाँची), प्रवीर ददेल (रुकुम पश्चिम), केदार शिवाकोटी (दोलखा), अनिल खत्री (गुल्मी) र मुकुन्द भण्डारी (रेडियो नेपाल) लाई प्रदान गरिएको छ ।

‘प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार’ प्रतीक्षा काफ्ले (स्याङ्जा) र इन्दिरा अर्याल (पाल्पा) लाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।

यो वर्षको ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ रमेश विश्वकर्मा (गुल्मी), श्रवण देव (सप्तरी), वीणा श्रीवास्तव (रौतहट), श्यामबाबु यादव (बारा) र रामसुकुल मण्डल (महोत्तरी) लाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि पनि रु १० हजार रहेको छ ।

जनही रु दश हजार राशिको ‘प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार’ निरजराज जोशी, श्यामकृष्ण दाहाल, ज्ञानेन्द्र कार्की (फोटो पत्रकार), भागवत भट्टराई (काठमाडौैँ), अखिल सिटौला (काठमाडौँ) र प्रकाश आचार्य (बुटवल) लाई प्रदान गरिएको छ ।

त्यसै गरी, रु दश हजार राशिको ‘प्रेस काउन्सिल साहित्यिक पुरस्कार’ र ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ क्रमशः हाम्रो पुरुषार्थ (साहित्यिक पत्रकार) र नेपाल भाषा, नपेन्द्रलाल श्रेष्ठ (लहान साप्ताहिक) ले प्राप्त गरेको छ ।

त्यस अवसरमा पत्रकारहरु ज्ञान उदास, देवेन्द्र चुडाल, केदारबाबु तिवारी, चित्राङ्ग थापा, बलदेव अवस्थी, खगेन्द्र खत्री, हरिविनोद अधिकारी, उषा लोहनी, खुर्सिद आलम, विष्णुप्रसाद सुवेदी, बोधराज त्रिपाठी, बालकुमार नेपाल, प्रमोदकुमार सिंह, ईश्वरी वाग्ले, ईश्वरीप्रसाद काफ्ले र जन्मदेव जैसीलाई सम्मान गरिएको थियो ।

राससकर्मी पुरस्कृत 

प्रेस काउन्सिल नेपालले तीनजना राससकर्मीलाई पनि पुुरस्कृत गरेको छ । काउन्सिलले राससकर्मी नारायण ढुङ्गानालाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, राससकर्मी कालिका खड्का र रुपनी जिएमलाई प्रेस काउन्सिल महिला सशक्तीकरण पुरस्कार प्रदान गरेको छ । उक्त पुरस्कारको राशि जनही रु १० हजार रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.