जापान

चिबामा ‘नेपाल फेस्टिबल’ भव्य रुपमा सम्पन्न (फोटोहरुसहित)

नेपालको संविधान तथा राष्ट्रिय दिवसका अवसरमा यही सेप्टेम्बर २२ आइतबार गैरआवासीय नेपाली संघ (एनआरएनए) चिबा जापानले आयोजना गरेको नेपाल फेस्टिबल भव्य रुपमा सम्पन्न भएको छ ।

नेपाली कला, संस्कृतिलाई जापानीमाझ प्रचार प्रसार गरी नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देयका साथ आयोजित फेस्टिबलमा जापानमा रहेका नेपाली संघसंस्था तथा व्यसायीहरुको स्टल राखिएको थियो ।

फेस्टिबलमा विशिष्ट अतिथिका रुपमा जापान भ्रमणमा रहनुभएका नेपाल सरकारका श्रम तथा रोजगार मन्त्री शरतसिं भण्डारी, जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, माचुदो सीटीका मेयर रहनुभएको थियो ।

यसै गरी एनआरएनए आईसीसीका उपाध्यक्ष रोविन शेरचन, एनआरएनए जापानका अध्यक्ष नवीन निउरे, युवा उपाध्यक्ष रोशन थापा, जापानका विभिन्न निकायहरुका प्रमुख तथा प्रतिनिधिहरु विशेष अतिथिका रुपमा आमन्त्रित हुनुहुन्थ्यो ।

फेस्टिबलमा एनआरएनए एसीया प्यासीफिक उपसंयोजक दीपक कण्डेल, दीपक कार्की, महिला संयोजक अनिता गुरुङ, युवा संयोजक विकास वस्नेत, युवा उपसंयोजक नारायण खड्काका साथै आईसीसी सदस्यहरु राम थापा अनिल, विष्णु घिमिरे, विजेस थकाली, विकेश श्रेष्ठको उपस्थिति थियो ।

एनआरएनए जापानले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न बनाउन आर्थिक सहयोग गरेर अमूल्य सहयोग गर्ने प्रायोजकहरु, स्टल राख्ने व्यवसायी कम्पनीहरु तथा कार्यक्रममा रौनक थप्ने कलाकारहरुप्रति आभार व्यक्त गरेको छ ।

साथै कार्यक्रम भव्यताका साथ सम्पन्न बनाउन विशेष नेतृत्वदाइ भूमिका निर्वाह गर्ने कार्यक्रम संयोजक चिवा क्षेत्रीय समितिका कोषाध्यक्ष राजवबाबु सूवेदी, चिवा क्षेत्रीय समितिका संयोजक समिरजंग खड्का, प्रमुख संरक्षक मुक्तिराज रेग्मी लगायत चिवा क्षेत्रीय समिति, प्रमुख सहआयोजक कान्तो क्षेत्रीय समिति लगायत विशेष सहयोगी भूमिका निर्वाह गर्ने सबै क्षेत्रीय समितिलाई विशेष धन्यवाद ज्ञापन गरिएको छ ।

एनआरएनए जापान चिबा क्षेत्रीय कार्यसमितिको आयोजना एवं कान्तो क्षेत्रीय कार्यसमितिको प्रमुख सहआयोजना, नेपाली राजदूतावास जापान, एनआरएनए जापान, माचुदो इन्टरनेशनल कल्चर एक्सचेन्ज एसोसिएशन, माचुदो नगरपालिका, माचुदो टुरिजम बोर्ड, माचुदो उद्योग वाणिज्यसंगको सहकार्यमा फेस्टिबल आयोजना गरिएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.