अर्थ

सुनको मूल्यमा पुन: नयाँ कीर्तिमान, आज कति छ तोलाको ?

स्थानीय बजारमा आज सुनको मूल्यले पुनः नयाँ कीर्तिमान कायम गरेको छ । लगातार वृद्धि हुँदै आएको सुनको मूल्यमा आज भएको वृद्धिपछि हालसम्मकै उच्च मूल्य कायम भएको हो ।

अन्तर्राष्ट्रिय बजारमा पनि लगातार सुनमा मूल्य वृद्धि हुँदा त्यसको प्रभाव स्थानीय बजारमा परेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा रु चार सयले वृद्धि भएको छ ।

आइतबार प्रतितोला रु एक लाख ५८ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ५९ हजार दुई सय निर्धारण भएको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहँदै आइतबारको मूल्य अनुसार नै कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला रु एक हजार नौ सय २० मा कारोबार भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.