संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन अमेरिकाको न्यूयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिए पनि त्यहाँ रहेका नेपालीहरुले बिरोधको तयारी गरिएपछि अन्तिम समयमा स्थगित गरिएको छ ।
न्यूयोर्कस्थित नेपाली महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै आज (स्थानीय समय अनुसार सेप्टेम्बर २२) पूर्व निर्धारित प्रधानमन्त्री ओलीको वृहत् अन्तरक्रिया कार्यक्रम स्थगित गरिएको जनाएको हो ।
महावाणिज्य दूतावासले नेपाली समुदायबाटै विरोध गर्ने तयारीका साथै समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी कार्यक्रम स्थगन गरिएको सूचनामा उल्लेख गरेको छ ।
जारी सूचनामा भनिएको छ, सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू तथा माननीय परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाज्यूको संयक्त राष्ट्र संघको महासभा, भविष्यको शिखर सम्मेलन तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको र समारोह स्थलको सुरक्षा संवेदनशीलताबारे सम्बन्धित निकायको सुझाव समेतलाई ध्यानमा राखी आज आयोजना हुने बृहत् कार्यक्रम स्थगन गरिएको व्यहोरा सबैमा सूचित गरिन्छ। यसबाट पर्न गएको असुविधाप्रति आयोजकको तर्फबाट यस महावाणिज्यदूतावास दुःख प्रकट गर्दछ ।’
यस्तो छ सूचना :
प्रतिक्रिया राख्नुहोस्