बिशेषराजनीति

जिल्ला प्रशासन अगाडि रविलाई पक्राउको माग, शहीद चोकमा पक्राउ नगर्न चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले आफ्ना सभापति रवि लामिछानेलाई षड्यन्त्रपूर्वक पक्राउ गर्न लागेको भन्दै पोखरामा सरकारबिरुद्ध प्रदर्शन गरे ।

सोही समयमा पोखरामा सहकारी बचतकर्ताले भने पक्राउको माग गर्दै जिल्ला प्रशासन कार्यालय कास्की बाहिर नाराबाजी सहित प्रदर्शन गरेका छन् ।

उनीहरुले रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले सहकारीको पैसा गोर्खा मिडिया मार्फत दुरुपयोग गरेको भन्दै पीडितले पक्राउ गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।

सोमबार पोखरामा जिल्ला प्रशासन कार्यालयको गेटनेर सहकारी पीडित र त्यसकै ठिक अगाडि शहीद चोकको चौतारामा रास्वपाका नेता कार्यकर्ताले नाराबाजी गरिरहेका छन् ।

पीडितले लामिछानेलाई पक्राउ गर्न माग गरिरहेका छन् भने रास्वपा नेता, कार्यकर्ताले लामिछानेलाई पक्राउ नगर्न चेतावनी दिइरहेका छन् ।

विभिन्न सहकारीमा भएको अपचलनबारे छानबिन गर्न बनेको विशेष संसदीय समितिको सिफारिस र गृहमन्त्री रमेश लेखकको निर्देशनपछि आइतबार गोर्खा मिडिया प्रालिका सेयर सदस्य तथा सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ परेर पोखरा ल्याइएको छ ।

शीलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ । रविलाई पनि पक्राउ गर्न पुर्जी जारी हुन लागेको भन्दै रास्वपा नेता कार्यकर्ता शहीद चोकको चौतारामा भेला भएर प्रदर्शन गरेका हुन् ।

सहकारी पीडित र रविको पक्षमा पोखरामा प्रदर्शन

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.