जापान

श्रममन्त्री भण्डारी र जापानी समकक्षी टाकेमीबीच भेटवार्ता

नेपाली कामदार जापान लैजाने सन् २०१९ को श्रमसम्बन्धी समझदारी कार्यान्वयनमा जोड

नेपाल र जापानबीच सन् २०११ मा नेपाली कामदार जापान लैजाने विषयमा भएको समझदारी अझै कार्यान्वयनमा आएको छैन । यो समझदारी कार्यान्वयन हुने हो भने दक्षिण कोरियामा जस्तै नेपाली कामदार जापान जान सहज हुनेछ ।

यसबीच जापान भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र जापानी समकक्षी स्वास्थ्य, श्रम र कल्याणमन्त्री टाकेमी केइजूबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

भेटमा उहाँहरुबीच नेपाल र जापान सरकारबीच सन् २०१९ मा भएको श्रमसम्बन्धी समझदारी कार्यान्वयनका बारेमा विचारविमर्श भएको छ ।

मन्त्री भण्डारी र जापनी समकक्षीबीच सो समझदारी कार्यान्वयनका लागि दुई देशका अधिकारी सम्मिलित संयुक्त कार्यसमितिको बैठक बसी निष्कर्षमा पुग्न आवश्यक रहेकामा सहमति जुटेको भ्रमणदलमा सहभागी मन्त्रालयका सहायक प्रवक्ता कविराज उप्रेतीले राससलाई जानकारी दिनुभयो ।

उहाँहरुबीच सामाजिक सुरक्षाका सम्बन्धमा द्विपक्षीय समझदारीमार्फत सहकार्यका लागि गृहकार्य गर्ने समझदारीसमेत भएको छ । सो अवसरमा मन्त्री भण्डारीले नेपालबाट जापानमा नेपाली श्रमिक पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत भई कार्यान्वयनमा गएको बताउनुभयो ।

उहाँले इजाजतपत्रवाला संस्था वैदेशिक रोजगार विभागमा सूचीकृत र टोकियोस्थित नेपाली दूतावासले मागपत्र प्रमाणीकरण गरेसँगै नेपाली श्रमिक जापान जाने प्रक्रिया सुरु हुने जानकारी गराउनुभयो ।

जापानी समकक्षी केइजूले नेपालले स्वीकृत गरेको ‘विशेष सीपयुक्त कामदार’ (एसएसडब्लु)सम्बन्धी कार्यविधिको स्वागत गर्दै श्रम क्षेत्रमा नयाँ सहकार्यका लागि आफूहरु आतुर रहेको बताउनुभयो ।

उहाँले दुई देशबीचको श्रमसम्बन्धी समझदारी कार्यान्वयनमा सहजीकरण गर्न चाँडै नै संयुक्त कार्यसमितिको बैठक बस्ने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री केइजूले उच्चस्तरमा भएका द्विपक्षीय भेटले नेपालको बेरोजगारी समस्या व्यवस्थापनमा टेवा पुग्ने र जापानमा रहेको श्रमिक अभावमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको मन्त्रालयले जनाएको छ ।

नेपाली श्रमिकको भिसा सहजीकरणमा अनुरोध

यसै बीच मन्त्री भण्डारी र जापानका न्यायमन्त्री रेयुजी कोइजुमीबीच भेटवार्ता भएको छ । त्यहाँको न्याय मन्त्रालयमा भएको भेटमा उहाँले उच्चस्तरका भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप मजबुद हुने विश्वास व्यक्त गर्नुभयो ।

सो क्रममा मन्त्री भण्डारीले जापानमा नेपाली श्रमिकको ‘डिपेन्डेन्ट भिसा’सम्बन्धी समस्या सहजीकरण गर्न र जापानी भाषा परीक्षा केन्द्र बढाउन आग्रह गर्नुभएको थियो । जापानी न्यामन्त्रीले उक्त विषय सम्बोधन गर्न आफूले काम गर्ने विश्वास दिलाउनुभयो ।

सो भेटमा जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी र नेपाली प्रतिनिधिमण्डलका सदस्य सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.