जन सरोकार

स्रोत नखुलेको रकम सहित दुई जना पक्राउ

मोरङ, बिराटनगर महानगरपालिका-१७ स्थित मटेरूवाबाट स्रोत नखुलेको नगद ७ लाख रूपैयाँ सहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-७ बस्ने २४ वर्षीय सुसान्त यादव र भारत अररिया जोगवनी-३२ बस्ने ३४ वर्षीय सानतुन राय रहेका छन् ।

अस्थायी प्रहरी पोष्ट मटेरूवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३९ प ६००२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक सुसान्त साथबाट ३ लाख र स्कुटरमा सवार सानतुनको साथबाट ४ लाख रूपैयाँ फेला पारी दुबै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.