जन सरोकार

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

कैलाली र झापामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । कैलाली, गौरीगंगा नगरपालिका-९ मसुरियास्थित सडकमा सु.प.प्र.०१-००१ क २४६४ नम्बरको बसको ठक्करबाट पैदलयात्री गौरीगंगा नगरपालिका-७ कम्दा बस्ने ८४ वर्षीय हर्क बहादुर बमको मृत्यु भएको छ ।

सोमबार दिउँसो बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको स्थानिय मेडिकल मसुरिया हुँदै निसर्ग अस्पताल धनगढी कैलालीमा थप उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै झापा, बिर्तामोड नगरपालिका-६ कुमारी चोकस्थित सडकमा प्र.१-०१-०१३ प २८०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-६ बुट्टाबारी बस्ने ६२ वर्षीय याम बहादुर लिम्बुको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.