जल/वातावरण

२४ घण्टामा थपिए १३ सय १३ जना संक्रमित, काठमाडौं उपत्यकामा ६ सय ४५ जना

शुक्रबार नेपालमा एक हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसै अवधिमा राजधानी काठमाडौँ उपत्यकामा ६ सय ४५ जना कोरोनाका नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा थपिएकामध्ये काठमाडौँमा ५ सय ३ जना, ललितपुरमा ९१ जना र भक्तपुरमा ५१ जना रहेका छन् । शुक्रबारसम्म उपत्यकामा कोरोना संक्रमितको संख्या १८ हजार ९ सय ७६ पुगेको छ ।

सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा देखिएका छन् । शुक्रबारसम्म काठमाडौं संक्रमितको संख्या १६ हजार २ सय ६५ पुगेको छ । यस्तै, भक्तपुरमा १७ सय ९३ र ललितपुरमा १९ सय १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १४ सय ५५ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८ सय ६६ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय ५९ पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १८ हजार २ सय ८९ जना छन् भने ६ हजार ४ सय ६४ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.