अर्थ

चिनीको कृत्रिम अभाव गर्ने ठूला ब्यापारीको गोदाम सिल

सरकारी ढिलासुस्तीका कारण दशैं तिहारको बेला आम उपभोक्ता महंगीको मारमा पने भएका छन् । समयमै चिनी आयातको अनुमति सरकारले नदिंदा अहिले चिनी अभाव भैरहेको छ ।

अभावको मौका छोपी चिनी व्यापारीहरु कालोबजारीमा लागेका छन् । अहिले चिनीको मूल्य प्रतिकिलो १४० रुपैयाँभन्दा बढी भएको छ ।

यसबीच वाणिज्य विभागले चिनी लुकाएर कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको छ ।

कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा करिब ७० हजार किलो चिनी कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको हो ।

व्यवसायी सन्तोष खेतानको उक्त फर्मले उद्योगहरुबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौंमा बिल बिजकविना नै महँगो मूल्यमा बिक्री गरेको आरोपमा विभागमा उजुरी परेको थियो ।

खुद्रा व्यापार संघका अधिकारीहरुका अनुसार १२७ रुपैयाँ किलो होलसेलमा चिनी बिक्री गरेर खेतानले १०५ रुपैयाँको मात्रै बिल दिने गरेका थिए ।

दुई साता अघिसम्म ११० रूपैयाँ किलोमा बिक्री भइरहेको चिनी पछिल्लो समय एकाएक १४० रूपैयाँ किलोसम्म पुर्‍याइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.