क्रिकेटखेल

आईसीसी विश्वकप लिग-२ : वर्षाका कारण नेपाल र ओमानबीचको खेल रद्द

आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत मंगलबार हुने भनिएको नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

विश्वकप लिग-२

क्यानडाको किङसिटीमा मंगलबार राति ८ः४५ बजेदेखि हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १-१ अङ्क बाँडेका छन् ।

क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज चौथो खेल खेल्न लागेको थियो । शृङ्खलाको पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटको हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।

लिग–२ को अङ्क तालिकामा नेपाल आठ खेलमपछि तीन अङ्कका साथ सातौ स्थानमा छ भने ओमान भने सात खेलमा छ अङ्कका साथ छैटौं स्थानमा छ । उक्त एकदिवसीय शृङ्खलापछि अब नेपालले क्यानडामै आयोजना हुने क्यानडा र ओमान सम्मिलित त्रिकोणात्मक टि–ट्वान्टी शृङ्खला खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.