एन आर एन न्युजजापान

विधान संशोधन गर्दै एनआरएनए जापानको साधारण सभा सम्पन्न

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानले विधान संशोधन गर्दै आफ्नो ११ औं साधारण सभा सम्पन्न गरेको छ।

जापानको चिवामा सम्पन्न साधारण सभाले एनआरएनए जापानको विधान २०२१ को संशोधित विधान मस्यौदालाई अनुमोदन गरेको हो ।

साधारण सभाले एनआरएनए जापानलाई अरु प्रभावकारी बनाउने उद्देश्यसहित विधानलाई २०२१ को संशोधन सहितको विधान २०२३ मा समयानुकूल परिमार्जित र संशोधित गर्दै अनुमोदन गरेको हो।

एनआरएनए जापानका अध्यक्ष नविन निउरेको अध्यक्षता तथा एनआरएनए आइसिसीका उपाध्यक्ष रोविन शेरचनको प्रमुख अतिथ्यमा सुरु भएको साधारण सभाको औपचारिक उद्घाटन गरिएको थियो ।

उद्घाटन समारोहमा शेरचनले एनआरएनएलाई प्रवासमा रहेका नेपालीहरुको अभिभावकीय संस्थाको रुपमा भूमिका निर्वाह गर्ने गरी आफ्ना गतिविधि र क्रियाकलाप गर्नका लागि एनसीसी जापानलाई आग्रह गर्नुभएको थियो ।

साधारण सभालाई सम्बोधन गर्दै एनआरएनए आइसिसीका युवा उपाध्यक्ष रोशन थापाले एनआरएनएको छविलाई उच्च राख्न एनआरएनए एनसीसीहरुको भूमिका महत्वपूर्ण हुने भएकोले जापानवासी नेपाली दाजुभाइ दिदीबहिनीहरुको हित र सुरक्षालाई मध्यनजर गरेर कार्य गरिनुपर्ने बताउनुभयो ।

त्यसै गरी एनआरएनए आइसिसीका सल्लाहकार तथा एनआरएनए जापानका संरक्षक ओम गुरुङले संस्थाको मर्म र उद्देश्यलाई आत्मसात गरी एनआरएनए जापानमा आवद्ध हरेक सदस्यले एनआरएनएको मर्म र भावनालाई आत्मसात गर्दै विधान अनुरूप कार्य गर्न आग्रह गर्नुभयो ।

एनआरएनए जापानका प्रमुख संरक्षक शिवप्रसाद पौडेलले जापानबासी सबै नेपाली नेपाल राष्ट्रको अवैतानिक दूतको रुपमा कार्य गरिनुपर्ने बताउनुभयो ।

उद्घाटन समारोहमा आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामा, एसिया प्यासिफिक क्षेत्रीय समितिका उप संयोजक दिपक कार्की, महिला उप संयोजक अनिता गुरुङ, एनआरएनए जापानका संरक्षक देविलाल भण्डारी, नेपाली जनप्रगतिशील मञ्च जापानका अध्यक्ष मोहन पौडेल, एनआरएनए जापानको विशेषज्ञ समिति सदस्य सालिकराम भण्डारी, क्षेत्रीय समितिहरुको तर्फबाट नागोयाका संयोजक भेषनाथ गौतम लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।

साधारण सभाले एनआरएनए जापानका महासचिव टिकाराम खरेलद्वारा प्रस्तुत प्रगति प्रतिवेदन र कोषाध्यक्ष दिपक सुनारद्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई पारित गरेको थियो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.