जन सरोकार

गाउँ फर्कनेलाई गाउँपालिकाले छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान

मुलुकका ग्रामीण क्षेत्रका बासिन्दाहरुमा बसाइँसराईका कारण रित्तो हुन थालेपछि आफ्नै थातथलोमा रोकिराख्न र बसाइँ सरेकाहरुलाई फिर्ता ल्याउन पर्वतको महाशिला गाउँपालिकाले नयाँ अभियान सुरु गरेको छ ।

सो गाउँपालिकाले गाउँ छाडेर गएकाहरु फर्किएमा एक लाख रुपैयाँ अनुदान र ६ महिनालाई पुग्ने खाद्यान्नको खर्च प्रदान गर्ने भएको छ ।

गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले गाउँलेहरू बसाइँ सर्न थालेपछि पालिकाले यस्तो कार्यक्रम अघि सारेको बताउँदै गाउँ छाडेर गएकाहरू फर्किएमा उनीहरूले अनुदान पाउने जानकारी दिनुभयो ।

गाउँ फर्केकाहरूलाई आफ्नो खेतबारीमा अन्न फलाउन कम्तीमा छ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यहरुको भरणपोषका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलव्ध गराउने छ । चामल, दाल, तेल, तरकारीका निम्ति पनि अनुदान दिइने उहाँले बताउनुभयो ।

अध्यक्ष भुसालका अनुसार एक वर्षमा यो पालिकावाट ९३ परिवारका तीन सय २५ जना बसाइँ सरेका छन् । उनीहलाई फर्काउन गाउँपालिकाले चालु आर्थिक वर्षदेखि नै सो कार्यक्रम लागू गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.