एन आर एन न्युज

एनआरएनए यूकेको चासो सम्बोधन गर्ने अध्यक्ष लिङ्देनको प्रतिवद्धता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले वंशजको नेपाली नागरिकता निरन्तरता भएकाले एनआरएनए यूकेको चासोलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

बेलायत भ्रमणमा रहनुभएका अध्यक्ष लिङ्देनसमक्ष गैरआवासीय नेपाली संघ (एनआरएनए)यूकेका अध्यक्ष प्रेम गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गर्न आग्रह गर्दै बुझाउनुभएको ज्ञापनपत्र बुझ्दै सो प्रतिबद्धता जनाउनुभएको हो ।

बेलायतको अल्डरसटमा आयोजित एक जनसभामा अध्यक्ष गाहामगरले राप्रपा अध्यक्ष लिङ्देन र प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई वंशजको नागरिकताको निरन्तरता माग गर्दै ज्ञापनपत्र बुझाउनुभएको हो ।

नेपाली कांग्रेस र एमालेको दुई तिहाई हाराहारी बहुमत सरकारले संविधान संशोधन गर्ने चर्चा चलिरहेका बेला गाहामगरले झण्डै १९ महिनापछि लिङ्देनलाई ज्ञापनपत्र बुझाउँदै सहयोग अनुरोध गर्नुभएको हो ।

ज्ञापनपत्रमा गोर्खाहरु त्रिपक्षीय सन्धि अन्तर्गत भर्ती भएर आएकाले गोर्खा तथा निजका सन्ततिहरुको नेपाली नागरिकता कायमै रहने व्यवस्था गर्न पनि माग गरिएको छ ।

ज्ञापनपत्रमा गैरआवासीय नेपाली संघ यूकेले विश्वभर छरिएर रहेका वंशजका नेपाली नागरिकहरुको मागको सम्बोधन गर्न अनुरोध गरिएको छ ।

त्यसै गरी वंशजका नेपाली नागरिकलाई सधैंकालागि नेपाली नै रहिरहन दिनका लागि नेपालको नागरिकता ऐन २०६३ (पहिलो संशोधन २०७९) को दफा १०, उपदफा १ मा उल्लेख भएको विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहने भन्ने प्रावधान संशोधन गर्न जोड दिइएको छ ।

गैरआवासीय नेपालीहरुलाई नेपालको वंशजको नागरिकताबाट वञ्चित गराउने खालका नेपालको संविधान तथा कानूनमा भएका असमान प्रावधानहरुलाई तुरुन्त परिवर्तन गरी गैरआवासीय नेपालीका लागि वंशजको नेपाली नागरिकता निरन्तरताको प्रत्याभूति गराउन गैरआवासीय नेपाली संघ यूकेको माग छ ।

नेपाल नागरिकता ऐन, २०६३ मा भएको संशोधनले गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरे पनि यो व्यवस्थाले पहिले नै प्राप्त नेपाली नागरिकताको निरन्तरता नहुने एनआरएनए यूकेको धारणा छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.