राजनीति

प्रधानमन्त्री ओली स्वागत समारोहमा सहभागी, बंगलादेशका सरकारप्रमुखसंग भेटवार्ता

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भागलिने सिलसिलामा न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभएको छ ।

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आयोजना गर्नुभएको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आउनुभएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी हुनुहुन्थ्यो ।

यसै गरी प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा मोहम्मद युनुसबीच भेटवार्ता भएको छ ।

त्यस अवसरमा उहाँहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.