राजनीति

क्यान्सरको उपचार अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले क्यान्सर रोगको उपचार, रोकथाम तथा नियन्त्रण र अध्ययन अनुसन्धानलाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई आग्रह गर्नुभएको छ ।

बिहिबार विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनको २५ औं वार्षिकोत्सव तथा २० औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा भरतपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो आग्रह गर्नुभएको हो ।

समारोहमा राष्ट्रपति पौडेलले स्वास्थसम्बन्धी पूर्वाधारको विकासमा पनि जोड दिंदै भन्नुभयो, “अस्पतालको सेवालाई चुस्तदुरुस्त र अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गर्न नेपाल सरकारलाई विषेश ध्यान पुर्याउनु आग्रह गर्दछु ।”

उहाँले भन्नुभयो, “स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको छ । यसलाई कार्यान्वयन गर्न गरिब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व हो ।”

प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइराला क्यान्सर रोगबाट ग्रसित भई विदेश गएर उपचार गर्नुपरेकाले नेपालीहरूले नेपालमै यस रोगको उपचार गर्ने सुविधा सम्पन्न क्यान्सर अस्पतालको परिकल्पना गर्नुभएको स्मरण गर्नुहुँदै राष्ट्रपति पौडेलले २०४९ सालमा तत्कालीन सरकारले लिएको विकेन्द्रीकरणको नीतिलाई कार्यान्वयन गर्ने एक उत्कृष्ट उदाहरणका रुपमा यो क्यान्सर अस्पताल निर्माण भएको जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले राष्ट्रियस्तरको यो अस्पताल हाल क्यान्सरका बिरामीहरुको सेवामा मात्र सिमित नभई अध्ययन, अनुसन्धान र प्रशिक्षणमा अगाडि बढेको जानकारी पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो ।

उहाँले क्यान्सरको उपचारमा नयाँ प्रविधि भित्र्याई बिरामीको उपचारमा विशिष्टता अभिवृद्धिमा ध्यान दिन पनि सुझाव दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.