जन सरोकार

मृत अवस्थामा तीन जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा तीन जना फेला परेका छन् । प्युठान, सरूमारानी गाउँपालिका-४ अँधेरीखोलामा सोही गाउँपालिका-४ दाङसिंङ बस्ने ५० वर्षीय कृष्ण बहादुर थापा मगर बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै झापा, कन्काई नगरपालिका-२ सेल्फीडाँडा बस्ने २१ वर्षीया बिजिता भण्डारी सोही नगरपालिका-२ हेपील्याण्ड कम्पाउण्डस्थित धानको खेतमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस्तै कास्की, पोखरा महानगरपालिका-२३ ठुलाखेत खहरे खोलाको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४४ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.