जापान

शिगेरु इसिबा एलडीपी नेतामा निर्वाचित, अक्टोबर एकबाट प्रधानमन्त्रीको जिम्मेवारी

जापानका वर्तमान रक्षामन्त्री शिगेरु इसिबा लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)को अध्यक्षमा निर्वाचित भएसंगै नयाँ प्रधानमन्त्रीमा चयन हुनुभएको छ ।

शिगेरु इसिबा

जापानमा सत्तारुढ दलको अध्यक्षलाई प्रधानमन्त्री चयन गरिन्छ । संसदको दुवै सदनमा एलडीपीको बहुमत छ । यस्तो अवस्थामा पार्टी अध्यक्षमा निर्वाचित इसिबा अब जुलाई २०२५ सम्म प्रधानमन्त्री पदमा रहनु हुन्छ । यसपछि देशमा आम निर्वाचन हुनेछ ।

शुक्रबार भएको पार्टी नेताको निर्वाचनमा विजयी भएसंगै उहाँले अक्टोबर १ गतेमा संसद्को अधिवेशन सुरु भएसँगै पदभार ग्रहण गर्नु हुनेछ ।

६७ वर्षीय इसिबाले आफ्ना प्रतिद्वन्द्वी साने ताकाइचीलाई २१ मतको अन्तरले पराजित गर्नुभएको हो । इशिबाले पार्टी सदस्यबाट २ सय १५ मत प्राप्त गर्नुभयो ।

इसिबा यसअघि चारपटक पार्टी नेतृत्वका लागि चुनाव लड्नुभएको थियो । सन् २०१२ मा पनि शिन्जो आबेको विरुद्धमा उभिनुभएको थियो । तर उहाँले हरेक पटक पराजयको सामना गर्नुपरेको थियो ।

निर्वाचनमा विजयी भएपछि इसिबाले भन्नुभयो, ‘अब पार्टी नयाँ ढंगले उभिने र जनताको विश्वास जित्छु, आफ्नो कार्यकालमा देशका जनतासँग सत्य बोल्छु, देशलाई सुरक्षित र समृद्ध बनाउन काम गरिरहनेछु ।’

जापानको आणविक उर्जा प्लान्ट बन्द गर्ने वाचा
इसिबाले १९ वर्षको उमेरमा सन् १९८६ मा पहिलोपटक चुनाव जित्नुभएको थियो । त्यसपछि उहाँ जापानको संसदको सबैभन्दा कान्छो सदस्य बन्नुभयो । यसपटक आफ्नो अभियानमा देशको आणविक उर्जा केन्द्रहरू बिस्तारै बन्द गर्ने वाचा गर्नुभएको छ ।

यसबाहेक उहाँले चीन र उत्तर कोरियाजस्ता खतरासँग जुध्न एसियामा नाटो बनाउने कुरा पनि गर्नुभएको छ । इशिबा प्रधानमन्त्री किशिदाको आलोचना गर्नुहुन्छ ।

एलडीपीको नीति विपरीत उहाँले जापानमा महिला सम्राटको निर्माणको वकालत गर्नुहुन्छ । जसका कारण पार्टीका धेरै नेता उहाँको विरुद्धमा छन् । वास्तवमा, एलडीपीका अधिकांश सदस्यहरूले विश्वास गर्छन् कि महिलाहरूले आमा र पत्नीको परम्परागत कर्तव्यहरू पूरा गर्नुपर्छ।

भ्रष्टाचारको आरोपमा घेरिएपछि किशिदाको लोकप्रियता घट्यो
जापानका प्रधानमन्त्री फुमियो किशिदाले गत अगस्ट १४ मा आफू पार्टीको निर्वाचनमा नउठ्ने घोषणा गर्नुभएको थियो ।

उहाँ २०२१ मा लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँको तीन वर्षे कार्यकाल यही महिनाको अन्त्यमा सकिँदैछ । यो अवधिमा किशिदामाथि भ्रष्टाचारका धेरै गम्भीर आरोप लागेका कारण उहाँको लोकप्रियतामा ह्रास आएको छ ।

निक्केई एशियाले जुलाईमा किशिदाको अनुमोदन रेटिङ २० प्रतिशतभन्दा तल रहेको बताएको थियो । किशिदाको रेटिङ यति कम भएको यो लगातार आठौं महिना हो । २०२१ मा किशिदाको रेटिङ ६५ प्रतिशतको नजिक थियो । शिन्जो आबेको मृत्युपछि उहाँको रेटिङ घट्न थाल्यो ।

पछि यससँग सम्बन्धित धेरै घोटालाहरू बाहिर आए । गत अप्रिलमा भएको स्थानीय निर्वाचनमा एलडीपीले लज्जास्पद हार बेहोरेको थियो । त्यसपछि जुलाईमा भएको टोकियो महानगरपालिकाको उपनिर्वाचनमा पनि पार्टीले लज्जास्पद हार बेहोरेको थियो ।

यही कारणले गर्दा एलडीपीका अधिकांश सांसदहरूले आगामी आम निर्वाचनअघि नयाँ अनुहारको आवश्यकतामा जोड दिइरहेका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.