कला/मनोरन्जनकलिउड

‘मिस एण्ड मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल’का प्रतियोगी सार्वजनिक

‘मिस एण्ड मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल २०२४’को अन्तिम स्पर्धामा १५ प्रतियोगी भिड्ने भएका छन् । आयोजक ग्रिन आर्टस मिडिया प्रा.लि.ले विहिबार विश्व सम्पदा सूचिमा रहेको वसन्तपुरमा प्रतियोगी सार्वजनिक गरेको हो ।

‘मिस एण्ड मिसेज हेरिटेज ईन्टरनेशनल नेपाल २०२४’ युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धनका लागि आयोजना हुँदैआएको छ ।

ई–प्लानेटद्धारा संचालित अन्तराष्ट्रिय प्रतियोगिता ‘हेरिटेज इन्टरनेशनल’का लागि प्रतिनिधित्व छान्ने उद्देश्यले आयोजना हुँदै आएको प्रतियोगिता हो । प्रतियोगिताको फाइनल स्पर्धा आगामी १६ गते बुधबार राजधानीमा एक भब्य कार्यक्रमका बीच हुँदैछ ।

प्रतियोगिताका विजेताले विश्वका धेरै मुलकको सहभागिता रहने ‘हेरिटेज ईन्टरनेशनल’मा नेपालको कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण चिनाउनुको अलवा स्वदेशमा भित्र कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नेछन् ।

आयोजक ग्रिनआर्ट मिडियाले सबै प्रतियोगीलाई व्यक्तित्व, संचार कला, आत्मविश्वास, प्रतिभा, बौद्धिकता, क्षमता विकास, प्रभावकारिता र स्टेज प्रस्तुति लगायत उपयोगिता र प्रभावकारी प्रशिक्षण सहित फाइनमा स्पर्धामा उतार्ने ग्रुमिङ कोरियोग्राफर तथा पेजेन्ट कोच अनिला श्रेष्ठले बताइन् ।

प्रतियोगीतामा मिस र मिसेज गरेर दुई विजेता छानिनेछन् । जसले थाइल्याण्डको बैंककमा नोभेम्बर २४ मा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिस एण्ड मिसेज हेरिटेज ईन्टरनेशनल २०२४’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् ।

केही शीर्षकमा उपविजेता समेत समेत छानिने प्रतियोगितामा विजेताले बिभिन्न गिफ्ट तथा अवसर उपहारका रुपमा समेत प्राप्त गर्न सक्नेछन् ।

यस अगाडि नेपालबाट ‘मिस एण्ड मिसेज हेरिटेज ईन्टरनेशनल’मा मन्जु बन्जारा ढकाल, आश्रा कुवर, श्रृजना पुन, दुर्गा बिसुराल, अदीति श्रेष्ठ, परिन्दा परि श्रेष्ठ, परिसा रानाभाट, लिलि सुवाल, आज्मा महर्जन लगायत सहभागी भएका थिए ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.