समाचार

अरनिको राजमार्गका पुलहरु बाढीले बगायो, यातायात रोकियो

दुई दिनदेखिको अविरल वर्षाका कारण देशभरको जनजीवन अत्यन्त प्रभावित भएको छ । सडक-पुल भत्किनुका साथै डुबान, पहिरो र बाढीले ठूलो क्षति पुगेको छ ।

देशका विभिन्न भेगका मुख्य राजार्गमा कतै पहिरोले अबरुद्ध बनेका छन् भने कतै पुलहरु बगाएर यातायात रोकिएको छ ।

नेपाल र चीन जोड्ने अरनिकोको राजमार्गका पुलहरुमा बाढीले क्षति पुर्‍याउँदा चीनको तातोपानी नाका जाने बाटो नेपालतर्फबाट अवरुद्ध भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका २ तातोपानीका वडाध्यक्ष कुमार श्रेष्ठका अनुसार लार्चा र १० किलोबाट पाङसिर्पु जाने बेली ब्रिज बगाएको छ ।

तातोपानी नाका जाने लिपिङको पुल पनि बगाएको छ । पुल भत्किँदा दशैं लक्षित गरेर चिनबाट आयात गर्न सामान बोकेका कन्टेनरहरु नाका मै अड्किएका छन ।

उता गोरखा–आँबुखैरेनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ । उक्त सडकखण्डको गोरखा नगरपालिका–१२ स्थित सातकिलो ठाउँमा खसेको पहिरोले सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रहरी सहायक निरीक्षक बसन्त पौडेलले जानकारी दिनुभयो ।

‘‘पहिरोले सडक दुईतर्फी रुपमा नै अवरुद्ध भएको हो, उहाँले भन्नुभयो, ‘‘अवरुद्ध सडक खुलाउन सडक विभाग तनहुँबाट आएको एक्साभेटर र डोजरले पहिरो पन्छ्याउन सुरु गरिएको छ ।’’

तत्कालका लागि दुई तर्फी नै सडक खुलाउन सक्ने अवस्था नरहेका पनि एकतर्फी खुलाउने प्रयास गरिएको गोरखा नगरपालिकाका नगर प्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिनुभयो ।

पहिरोले सडक अवरुद्ध भएपछि आँबुखैरेनी हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने र गोरखा सदरमुकामबाट बाहिरिने सबै सवारीसाधन बीचमै रोकिएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.