जन सरोकार

मृत अवस्थामा दुई जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । स्याङ्जा, फेदीखोला गाउँपालिका-४ देउराली बस्ने ५८ वर्षीय भरत बहादुर विक सोही गाउँपालिका-४ ध्यामरूङ खोलामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै सप्तरी, बलान बिहुल गाउँपालिका-४ घर भएका राजबिराज नगरपालिका-८ डेरा गरी बस्ने देव नारायण साहको छोरा ८ वर्षीय प्रिन्स कुमार साह सोही ठाउँस्थित नालामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.