ओझेलमा परेका उपत्यकाभित्रैका धार्मिक–पर्यटकीय स्थल
जति भ्रमण गर्यो, उति ज्ञान प्राप्त हुन्छ भन्ने वैदिक मान्यता रहेको छ । भ्रमणको अर्थ केवल समय कटाउने मेसो मात्र हैन, नयाँ अनुभवको अवसर पनि हो । यस्तै अनुभव भयो राजधानी उपत्यकाभित्रका केही धार्मिक स्थलहरुको भ्रमण गर्दा ।

पंक्तिकारसंगै साथीहरु इन्दिरा चालिसे, पुरु चालिसे, प्रशुभा चालिसे, प्रजिता कोइराला, नारायण जोशी, तारा जोशी, गणेश बराल, शोभा बराल र बद्रीनाथ पौड्याल अनन्त लिङ्गेश्वर महादेव घुमेर फर्कदा बाटोमा चुखुँती स्थित सिद्धेश्वर महादेव मन्दिर पर्दो रहेछ त्यहाँ आइपुग्यांै ।
यो चखँुती क्षेत्रमा १०० वर्ष अघिदेखि भक्तपुरमा जस्तै नयाँ वर्षमा बिस्केटको जात्रा लाग्ने गरेको रहेछ । यो क्षेत्रमा जात्राको क्रममा चखुँ तीर्थ जहाँ सिद्धेश्वर महादेव मन्दिर छ त्यहाँ स्नान गर्न भक्तजनहरुको भिड लाग्छ र यहाँ नुहाउनाले छालाको रोग तथा कुष्ठरोग समेत निको हुन्छ भन्ने धार्मिक विश्वास छ । यही चखुँ तीर्थमा सिद्धेश्वर महादेव विराजमान भएका छन् भन्ने विश्वासले सिद्धेश्वर महादेवको मन्दिर बनाइएको रहेछ ।
हामी सबै महादेवको दर्शन सकेर त्यहाँ वरिपरि घुमेर त्यही परिसरमा रहेको विश्रामस्थलमा बसेर खाना खायौं र त्यहाँको शीतल वातावरणमा विश्राम गर्यौ । सवैले मनग्य फोटोहरु खिच्यौं र त्यहाँबाट हामी अर्को गन्तव्य पुरानो ठिमीस्थित दक्षिण वाराही मन्दिरतर्फ लाग्यौं ।
दक्षिण बाराही मन्दिर जस्लाई अष्टमात्रिका शक्ति पीठ मानिन्छ । काठमाण्डौ उपत्यकाको आठ प्रमुख वाराही मन्दिरमध्येमा यो पनि पर्छ । यो मन्दिर भक्तपुरको ठिमी चोकबाट करिब २०० मिटर दक्षिणमा पर्छ । व्यस्त सडकको किनारबाट एक मिटर गहिरोमा रहेको दक्षिण वाराहीको दुईतले मन्दिर परिसरमा पुगेपछि शान्त र शितल महसुस हुन्छ । मन्दिरको ढोकामा देखिने उत्कृष्ट धातु कलाले दर्शनार्थीको मन आपूmतर्पm आकर्षित गर्छ ।
ढोकाको दाँया बायाँ रहेका ढुंगाको सिंहको मूर्तिले द्वारपालको छनक दिएको छ । मन्दिरभित्रको वाराहीको मूर्ति चाहिं सधैं राखिने नभएर केही विशेष चाडपर्वमा मात्र राखिंदो रहेछ । मन्दिरको बाहिर चारैतिर अष्टमात्रिकाको प्राङ्गणमै रहेको बुद्धको स्तुपाले हाम्रो धर्म सहिष्णुताको प्रमाण पेश गरे भैmँ लाग्छ ।
त्यही मन्दिर प्राङ्गणमा हनुमानको ढुंगाको मूर्ति र दुईवटा प्राकृतिक शिवलिंगको दर्शन गर्न पाइन्छ । मन्दिर परिसरमा एउटा कुण्ड पनि रहेको छ । यो दक्षिण वाराही मन्दिरलाई नेवार समुदायले “क्वाछें द्यो पनि भन्ने गर्छन् । २०७२ सालको भूकम्पले आंशिक रुपमा यो मन्दिरलाई पनि क्षति पुर्याएको थियो ।
दक्षिण वाराहीको दर्शन सकेर अव कता जाने भन्ने छलफलको क्रममा गणेश बरालजीले भन्नुभयो– ‘दाई यहाँ नजिकै अर्थात ११–१२ सय मिटर अगाडी गएपछि एक दुई वर्ष अघि एउटा विशाल ढुंगामा हनुमानको मुर्ति खोपेर स्थापना गरिएको छ, त्यो पनि हेर्न लायक छ, कि जाने त त्यतै ?’
हामी त घुम्नै गएको हो नि, घुम्न के फरक पर्छ र, त्यस्मा पनि नगएका ठाउँ । गणेशजीको प्रस्ताव तुरुन्तै मान्य भयो र त्यता लागिहाल्यौं । सूर्य विनायक नगरपालिका वडा नं.४ स्थित हिञ्चोक डाँडामा हनुमानको १८ फिट अग्लो मूर्ति कुँदेर सिसाको घर बनाएर स्थापना गरिएको रहेछ । त्यो मूर्ति कुँद्न नवलपरासीस्थित जयश्री खोलाबाट ४६ टनको एउटै ढुंंगा ल्याइएको रहेछ । उक्त ढुंगा ल्याउँदाको वखत त्यो खोला क्षेत्रमा रहेका वाँदरहरुले धेरै विघ्न गरेको थिए रे र त्यहाँका पूजारीका अनुसार अहिले पनि रामनवमीको दिन नवलपरासीदेखि एक हुल वाँदरहरु आएर हनुमानको दर्शन गरेर फर्कन्छन् रे ।
उक्त ४६ टनको एउटै ढुंगामा हनुमानको १८ फिटे मूर्ति कुँद्ने काम कलाकार सानुभाई विश्वकर्माको समूहले ३ वर्षमा सम्पन्न गरेका थिए रे । हनुमानको मूर्ति स्थापना गर्र्नु अघि त्यो हिञ्चोक क्षेत्र हिञ्चोक भैरवको कारण चर्चित थियो । त्यहाँ भैरब, महादेव, कृष्ण गणेश र सरस्वतीको वेग्ला वेग्लै मन्दिरहरु पनि रहेका छन् ।
त्यो डाँडा परिसरबाट तल हेर्दा शहर बजार एउटा कचौरा जस्तो देखिदो रहेछ । त्यहाँको छाड्नै मन नलाग्ने मनमोहक बातावरण छोडेर हामी घर फर्कने क्रममा बाटोमा पर्ने नील वाराही जाने सल्लाह गरी त्यहाँबाट हिंड्यौं ।
हाम्रो स्वभाव पनि अचम्मको छ । हामी डुल्न, घुम्न चाहे त्यो मनोरंजनको लागि होस या धर्मकै नाउँ होस कयौं दिन र रकम खर्च गरेर टाढा टाढा जान्छौं तर आफू वसेको ठाउँ नजिक १२–१४ किलोमिटर वरिपरि कति रमाइला, अनि अवलोकन लायक मठ मन्दिरहरु छन्, त्यहाँको बारेमा न हामीलाई जानकारी नै छ, न त हामी जान्छौं नै ।
तिनै रमणीय स्थानमध्ये अनन्त लिंगेश्वर चखुतीं, दक्षिण वाराही, हिंञ्चोक डाँडाको हनुमान र भैरब मन्दिर पनि हुन, जस्को नाम र स्थान मैले त्यही दिन सुनेको हो र घुमेको हो । संसारको जुनसुकै कुनामा पुगे पनि यस्ता प्राकृतिक मनोरम, कला र संस्कृतिका उत्कृष्ट नमूना देख्न पाईंदैन ।
प्रतिक्रिया राख्नुहोस्