जुद्ध शालिकदेखि पैदल गएकामा राष्ट्रपति पौडेलप्रति बालेन आभारी
राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गर्न जुद्धशालिकदेखि वसन्तपुरसम्म पैदल गएर सम्पदा क्षेत्रमा सवारीसाधन निषेध अभियानलाई साथ दिनुभएको भन्दै काठमाडौं महानगरपाालिका प्रमुख बालेन्द्र साहले आभार व्यक्त गर्नुभएको छ ।

महानगप्रमुख साहले सामाजिक सञ्जालमार्फत विश्व सम्पदा क्षेत्रलाई सवारीसाधन निषेधित क्षेत्रमा सवारीसाधन प्रवेश नगराएको भन्दै आभार व्यक्त गर्नुभएको हो ।
उहाँले लेख्नुभएको छ, “सम्माननीय राष्ट्रपत, अन्य विशिष्ट अतिथिहरुले काठमाडौं महानगरको अनुरोध स्वीकार गरिदिएर विश्व सम्पदा क्षेत्रमा सवारी साधन प्रवेश गराइदिनुभएन । उहाँहरु जुद्ध शालिकदेखि पैदल नै गई जात्रा अवलोकन गरिदिनुभयो । हामीलाई विश्वास छ, यसबाट सम्माननीय राष्ट्रपति, अन्य विशिष्ट अतिथिहरुले जात्रा अवलोकन गर्न पैदल जाने अभ्यासलाई संस्थागत बनाउनेछ ।”
“सामान्य जस्तो लागे पनि काठमाडौंका सम्पदा संरक्षणमाा यो अर्को फड्को हो । हाम्रो अनुरोधको परिवर्तनलाई स्वीकार गरिदिनुभएकोमा आभारी छौं । हाम्रो सम्पदा हाम्रो पहिचान !”
प्रतिक्रिया राख्नुहोस्