जापान
तलब बढ्ने दिन अक्टोबर एकदेखि हुनेछ चारहजार पाँच सय वस्तुको मूल्यवृद्धि
जापानमा हरेक वर्षको अक्टोबर १ तारिखदेखि अधिकांश रोजगारदाता स्थलहरुले आफ्ना कामदारको तलब बढाउँछन् । त्यस्तै सोही दिनदेखि धेरै दैनिक उपभोग्य वस्तुहरुको मूल्य पनि बढ्नेछ।
यस वर्षको अक्टोबरदेखि पनि जापानमा तलबसंगै चार हजार पाँच सय प्रकारका वस्तुहरुको मूल्य बढ्ने जापानको एक तथ्यांक बैंक (डाटा बैंक)ले जनाएको छ ।
तेइकोकु डाटा बैंकका अनुसार अक्टोबरदेखि साधारण पेयपदार्थदेखि खाद्यान्न, तेल लगायत कम्तीमा ४ हजार ५ सय वस्तुको मूल्य बढ्ने छ ।
त्यस्तै मूल्यवृद्धिका कारण नाफामा सुधार आएको र कच्चा पदार्थको बढ्दो भाउ रोकिएको हुनाले नोभेम्बरपछि मूल्यवृद्धि हुने वस्तुको सङ्ख्या विगतका वर्षहरूको तुलनामा उल्लेख्य रूपमा कम हुने अनुमान पनि गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्