जापान

रुखमा झुण्डिएको अवस्थामा थापा मृत फेला

जापानमा एक नेपाली विद्यार्थी रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । अध्ययनको सिलसिलामा जापान पुगेका धादिङ थाक्रे ८ घर भएका २३ वर्षीय दिनेश थापा गत बुधबार (सेप्टेम्बर २७) मा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मृत अवस्थामा ४ जना फेला

जापानको हिगासी निहोन कोकुसाई दाई गाकोउ फुकुशिमा केश इवाकी सिटी निहोन गाकोउमा अध्ययनरत थापालाई बुधबार बिहान ५ बजे उनको कोठा अगाडिको रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको धादिङ सम्पर्क समिति जापानले जानकारी दिएको छ ।

आत्महत्याको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । यद्यपि प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनले आत्महत्या गरेको हुनसक्ने देखिएको छ ।

धादिङ समाज जापानका अध्यक्ष श्यामहरी तिमिल्सिनाले थापाको बुवा अस्वस्थ रहेको र छोराको अन्तिम दाहसंकर नेपालमै गर्ने इच्छा गरेकाले उनको शव नेपाल पठाउन आवश्यक आर्थिक सहयाेगका लागि आग्रह गरेका छन् ।

यसका लागि एनआरएनए जापानलाई धादिङ समाज सम्पर्क समितिले सहयोग गर्न आग्रह गर्दै जापानमै रहेका मृतक थापाको काकाको बैंक खातामा रकम जम्मा गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.