राजनीति

एमालेले बोलायो आकस्मिक बैठक

देशमा उत्पन्न प्राकृतिक विपदको विषम परिस्थितिमा सत्ता नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ ।

पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाउनुभएको बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताउनुभयो ।

बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा हुने जानकारी उहाँले दिनुभयो । बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.